Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीज्यू, कानुनअनुसार काम गर्नुस्, लक्ष्मी महतो अपराधी होइनन् :एमाले सांसद रघुवीर महासेठ

गृहमन्त्रीज्यू, कानुनअनुसार काम गर्नुस्, लक्ष्मी महतो अपराधी होइनन् :एमाले सांसद रघुवीर महासेठ

  • मंगलवार, माघ १० २०७९

  • 254
    SHARES

  • गृहमन्त्रीज्यू, कानुनअनुसार काम गर्नुस्, लक्ष्मी महतो अपराधी होइनन् :एमाले सांसद रघुवीर महासेठ

    काठमाडौं। नेकपा एमाले सांसद रघुवीर महासेठले गृहमन्त्री रवि लामिछानेले निर्दोष व्यक्तिलाई पटक पटक पक्राउको आदेश दिएर एमाले सांसदलाई दुस्ख दिन खोजेको आरोप लगाउनु भएको बताउनुभएको छ ।

    आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेता महासेठले एमाले सांसद महतो पार्टीको सम्पर्कमा नरहेको र यदि सरकारले पक्राउ गरेको हो भने सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले गृहमन्त्रीलाई कानुनअनुसार काम गर्न सुझाव दिदै लक्ष्मी महतोलाई समात्नै पर्ने भए समात्न आग्रह गर्नुभयो ।

    प्रमाणित नभएसम्म अपराधी भन्न नमिल्ने भन्दै उहाँले भन्नुभयो'जुन प्रकारले महतोको चर्चा भइरहेको छ। उहाँ पार्टीको समर्पकमा हुनुहुन्न। प्रहरीले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्‍यो, एमाले र एमाले नेताहरुमा आरोप लगाइएको छ। यसमा कुनै सत्यता छैन।'

    उहाँले अघिल्लो सरकारले महतोलाई पक्राउ गर्नुको साटो सम्मानित गरेको आरोप लगाउदै उनी अपराधी भए विगतको सरकारले किन पक्राउ गरेन भन्दै प्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो 'उहाँका बारेमा धेरै कुरा उठिराखेको छ। अपराधी भन्ने शब्द पनि प्रयोग गरिएको छ। प्रशासनले किन समातिएन? यदि अपराधी हुन् भने निवर्तमान सरकारले महतोलाई किन विभूषित गर्यो?'

    लक्ष्मी महतोसम्बन्धी घटना सात वर्ष पुरानो भन्दै विगतको सरकारले पक्राउ नगरेर एमाले सांसदलाई दुस्ख दिन खोजेको आरोप लगाउनुभयो ।


    मंगलवार, माघ १० २०७९०२:३८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij