Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्जाको ब्याजदर बढ्न नदिन सरकार प्रतिवद्ध छ : अर्थमन्त्री पौडेल

कर्जाको ब्याजदर बढ्न नदिन सरकार प्रतिवद्ध छ : अर्थमन्त्री पौडेल

  • सोमवार, माघ ९ २०७९

  • 499
    SHARES

  • कर्जाको ब्याजदर बढ्न नदिन सरकार प्रतिवद्ध छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर कुनै न कुनै रूपमा मुद्रास्फीतिसँग जोडिएको भन्दै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल गर्ने बताउनुभएको छ।

    नेपाल उद्योग वाणिज्य महासंघले सोमबार ललितपुरमा आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै उहाँले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने तर अहिले देखिएका समस्या समाधानका लागि आवश्यक छलफल गरेर अघि बढ्ने जिकिर गर्नुभयो। त्यस्तै उहाँले करका विषयमा समस्या देखिएको गुनासो आएको भन्दै सरकारी सेवा प्रवाहमा कतै समस्या देखिए भए निजी क्षेत्रले त्यसको जानकारी दिन आग्रह गर्नुभयो।

    अर्थमन्त्री पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने र यसका लागि कार्यविधि तयार पार्न पहल गर्ने बताउनुभयो । लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या पहिचान गरी समाधानका लागि सरकारले पहल उहाँको भनाइ छ ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साना, घरेलु तथा मझौला उद्योगलाई विकास गर्न आवश्यक रहेको भन्दै सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रको विकासका लागि बैङ्कहरूसँग सहकार्य गरिरहेको उहाँको भनाइ छ ।

    त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदरमा स्थायित्व, सरल र सहज कर प्रणाली बनाउनका लागि राज्यले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

     


    सोमवार, माघ ९ २०७९०२:०२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij