Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

शेखर पक्षको बैठक : देउवाको आलोचना, आगामी रणनीति तय गर्न अर्को बैठक बोलाइयो

शेखर पक्षको बैठक : देउवाको आलोचना, आगामी रणनीति तय गर्न अर्को बैठक बोलाइयो

  • आइतवार, माघ ८ २०७९

  • 307
    SHARES

  • शेखर पक्षको बैठक : देउवाको आलोचना, आगामी रणनीति तय गर्न अर्को बैठक बोलाइयो
    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक आइतबार(आज) बसेको बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।  
     
    उहाँका अनुसार यी विषयमा केन्द्रित भएर समूहका नेताहरूले आ–आफ्नो धारणा राखेका छन् । यस्तै आगामी मंगलबार पुनः बसेर समूहको रणनीति तय गरिने केसीले बताउनुभयो । 
     
    बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रचण्डलाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरूले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए । 
     
    देउवाले पार्टीबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराउनुभएको थियो । पुस २६ मा विश्वासको मत दिँदा केही नेताहरूले असन्तुष्टि समेत पोखेका थिए । 
     
    यसैगरी संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका भएको विषयमा समेत छलफल भएको थियो । संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफ्नै समूहबाट पनि मत नपाएको कतिपयले प्रश्न उठाएका थिए । अब पार्टीलाई सही ढंगले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढेर सोही अनुसार नेतृत्वलाई दबाब दिनुपर्नेमा पनि नेताहरूले निष्कर्ष निकालेका छन् ।


    आइतवार, माघ ८ २०७९०२:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij