काठमाडौं । कोरोना भाइरसबाट धेरै प्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा एकैदिन एक हजार संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५४ जनाको मृत्यु भएको हो। । भारतमा हालसम्म ८० हजार ८०८ संक्रमितको मृत्यु भइसकेको छ । त्यहाँ सक्रिय संक्रमितको संख्या ९ लाख ८९ हजार ८६० रहेको छ ।
यसैबिच, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट १ लाख ९९ हजार जनाको मृत्यु भएको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वल्र्डोमिटर्सकाअनुसार आज पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ९९ हजार पुगेको हो ।