काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार सांसद् लक्ष्मी महतो कोइरीलाई पक्रन सरकार गम्भीर नबनेको बताउनुभएको छ ।
आजको प्रतिनिधि सभामा बोल्दै सांसद् खतिवडाले गृह मन्त्रालयले फरार सांसद् पक्रन पत्र काट्नु अनुचित रहेको बताउदै उहाँले गृहमन्त्रालयले अपराधीलाई पक्राउ गर्नको साटो विज्ञप्तिबाजी गरेर मिडियामा सस्तो लोकप्रियता कमाउन लागि परेको टिप्पणी गर्नुभयो ।
उहाँले उच्च अदालतले समेत पक्राउ गर्न आदेश गरेको मान्छेलाई किन पक्राउ गर्न नसकेको भन्दै पश्न गर्नुभयो। गृहमन्त्री अपराधी पक्राउ गर्नभन्दा पनि विज्ञप्ति जारी गरेर मिडियामा सस्तो लोकप्रियतामा लाग्नुभएको छ। अब सांसदहरुले अपराधी चिनाइदिनुपर्ने हो? भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।