काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले उपसभामुख पदको गरिमा बढाउन पनि आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वातिच गराउनुपर्ने बताउनुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै गौतमले सांसद रानालाइ उपसभामुखमा प्रस्ताव गर्दै यस्तो बताउनुभएको हो । सांसद गौतमले इन्दिरा राना मगर संसदमा नयाँ अनुहार भए पनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको बताउनुभयो ।
सांसद रानामगरले कारागारमा हुने बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काम गरेको भन्दै गौतमले भन्नुभयो, ‘उहाँले समस्या औंल्याएर मात्र बस्नुभएन । समाधान खोज्न उहाँ सडकमा आउनुभयो ।’
सांसद रानामगरले पदको उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने पनि उहाँले बताउनुभयो ।