काठमाडौं ।सभामुख देवराज घिमिरेले पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने पुनः प्रतिबद्धता जनाउनु भएको छ ।
सभामुखमा निर्वाचित भएपछि पहिलो पटक सभा सञ्चालन गर्नु अगाडि उहाँले आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिनुभयो ।
साथसाथै उहाँले विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने बाचा गर्नुभयो ।
सदनमा सबैको आवाजलाई बुलन्द हुन दिने, दलहरुका बीचमा हुने स्वस्थ प्रतिस्पर्धा र विवादहरुमा निश्पक्ष भएर समन्वयकारी भूमिका खेल्ने पनि सभामुख घिमिरेको प्रतिबद्धता छ ।