Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, माघ ६ २०७९

  • 318
    SHARES

  • नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

    आज नेकपा बहुमतका नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा सिंहदरबारमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।

    प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यसवपषयमा छलफल सुरू भएको छ। तपाईहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’

    भेटमा नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।

    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताउनुभयो ।


    शुक्रवार, माघ ६ २०७९०३:००:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij