Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

केपी ओलीको आरोप : देउवा सरकारले छिमेक सम्बन्ध तनावग्रस्त बनायो

केपी ओलीको आरोप : देउवा सरकारले छिमेक सम्बन्ध तनावग्रस्त बनायो

  • शुक्रवार, माघ ६ २०७९

  • 287
    SHARES

  • केपी ओलीको आरोप : देउवा सरकारले छिमेक सम्बन्ध तनावग्रस्त बनायो

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको आरोप लगाउनुभएको छ ।

    एमालेको परराष्ट्र मामिला विभागले आज काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताउनुभयो ।

    राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगााँठ गर्ने काम गरेको उहाँको आरोप छ ।

    नयाँ सरकारले आन्तरिक अवस्था र नीति अनुुकुल बाह्य सम्बन्ध अगाडि बढाउने उहाँले बताउनुभयो ।


    शुक्रवार, माघ ६ २०७९०२:४०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij