Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नेपालमा कसैको सैनिक अड्डा राख्न दिँदैनौ : केपी ओली

नेपालमा कसैको सैनिक अड्डा राख्न दिँदैनौ : केपी ओली

  • शुक्रवार, माघ ६ २०७९

  • 276
    SHARES

  • नेपालमा कसैको सैनिक अड्डा राख्न दिँदैनौ : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहितलाई ध्यानमा राखेर बाह्य र अन्तर्राष्ट्रिय सम्बन्ध राखिने बताउनुभएको छ ।

    आज पार्टीको परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको विदेश नीति तथा अन्तराष्ट्रिय सम्बन्ध’ विषयक दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कुनै पनि देशले आफ्नो स्थिति र विकास र सुरक्षालाई ध्यानमा राखेर विदेश नीति अपनाउने बताउनुभयो।

    उहाँले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीतिप्रति नेपाल पनि प्रतिवद्ध रहेको भन्दै कतिपय देशहरुले अपनाउने परराष्ट्र नीतिका कारण विलय हुनुपरेको स्मरण गराउनुभयो ।

    उहाँले एमाले तनावरहित छिमेक सम्बन्धको पक्षमा रहेको पनि बताउनुभयो ।अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित र भरपर्दो हुनुपर्ने भन्दै छिमेकीका निम्ती असल छिमेकी हुन चाहेको बताउनुभयो ।

    उहाँले आफ्नो सार्वभौम सत्तामा कम्परमाइज नगर्ने भन्दै पारस्पारिक हितमा अघि बढ्ने बताउनुभयो ।


    शुक्रवार, माघ ६ २०७९०२:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij