Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमालेमै छु, कसैले रोक्न खोजे आफ्नै बाटो खोज्न सक्छु : भीम रावल

एमालेमै छु, कसैले रोक्न खोजे आफ्नै बाटो खोज्न सक्छु : भीम रावल

  • शुक्रवार, माघ ६ २०७९

  • 493
    SHARES

  • एमालेमै छु, कसैले रोक्न खोजे आफ्नै बाटो खोज्न सक्छु : भीम रावल

    काठमाडौं। नेकपा एमालेका नेता डा भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताउनुभएको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनपछि पहिलो पटक गृहजिल्ला अछाम पुग्नुभएका नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबीसहित अरु जो जता र जे भएपनि आँफु अहिलेसम्म एमालेमै रहेको रहेको बताउदै जबरजस्ती कसैले बाटो रोके आफ्नो बाटो खोज्ने उहाँले बताउनुभयो ।

    पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने दोहोराउनुभयो ।

    पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता डा. डा रावलले सरकारले गरेका राम्रा कामको सधैँ प्रशंसा गर्ने बताउनुभयो । आफूले जहिले पनि राष्ट्रको हितमा आवाज उठाएको बताउँदै रावलले देशभक्तिपूर्ण आवाजमा देशभरका नागरिकको साथ रहेको दाबी गर्नुभयो।


    शुक्रवार, माघ ६ २०७९०१:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij