काठमाडौं। नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनु भएको छ । हिजो सभामुखमा निर्वाचित भएका घिमिरेले आज सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको छ।
उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ। पदभार ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रक्रिक्रिया दिँदै घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो ‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ । यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु ।’