Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुख बनाउने

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुख बनाउने

  • शुक्रवार, माघ ६ २०७९

  • 357
    SHARES

  • रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुख बनाउने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधी सभाको उपसभामुख पदमा इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यसअघि पार्टीबाट उपसभामुखमा सोविता गौतमको चर्चा भएपनि अन्तिम समयमा पार्टीले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

    बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत रहेको राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा पर्नुभएको थियो । समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी रानाको जन्म २०२७ सालमा झापाको शनिश्चरे–६ मा भएको थियो ।


    शुक्रवार, माघ ६ २०७९०१:०८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij