Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमालेले राष्ट्रपतिमा उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ : केपी ओली

एमालेले राष्ट्रपतिमा उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ : केपी ओली

  • बिहिवार, माघ ५ २०७९

  • 568
    SHARES

  • एमालेले राष्ट्रपतिमा उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताउनु भएको छ।आज सभामुखको निर्वाचनपछि संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए ।

    सोही प्रश्नको जवाफमा ओलीले भन्नुभयो, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

    सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको पनि बताउनुभयो। एमालेको राष्ट्रपति उम्मेदवार को भन्ने प्रश्नमा भने अध्यक्ष ओलीले छलफल जारी रहेको बताउनुभयो ।


    बिहिवार, माघ ५ २०७९०५:१७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij