काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विपक्षी गठबन्धनबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र पाण्डेले न्यौपानेको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको हो ।
सरकारले सहमति गर्न नचाहेकाले आफुहरुले विपक्षी गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपानेलाई मत दिनुपर्ने अवस्थामा आएको पाण्डेको भनाई छ ।