Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

खवरदार ओली जी ! प्रधानमन्त्रीलाई पिंजडामा राख्न नखोज्नुस् : विश्वप्रकाश शर्मा

खवरदार ओली जी ! प्रधानमन्त्रीलाई पिंजडामा राख्न नखोज्नुस् : विश्वप्रकाश शर्मा

  • बिहिवार, माघ ५ २०७९

  • 334
    SHARES

  • खवरदार ओली जी ! प्रधानमन्त्रीलाई पिंजडामा राख्न नखोज्नुस् : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पि‌ँजडामा राख्न खोजेको आरोप लगाउनुभएको छ ।

    आज बसेको प्रतिनिधि सभाको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गर्नुभएको हो ।

    प्रतिवादमा प्रधानमन्त्रीलाई पिँजडामा राख्न नखोज्न चेतावनी दिदै शर्माले खबरदारी समेत गर्नुभयो । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले समर्थन गर्ने भएपछि विश्वासको मत लिने दिन कांग्रेसले ढोक्सा र जाल थापेको आरोप लगाउनुभएको थियो ।


    बिहिवार, माघ ५ २०७९०१:३८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij