काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शक्ति सन्तुलनका लागि नेपाली कांग्रेसको प्रस्तावित उम्मेदवारलाई प्रतिनिधि सभाको सभामुख बनाउनुपर्ने बताउनुभएको छ।
आज सभामुख चुन्न बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले कांग्रेस उम्मेदवारलाई सभामुख बनाउँदा जनताको बहुमतको प्रतिनिधित्व हुने र शक्तिसन्तुलनको सिद्धान्त सम्बोधन हुने बताउनुभयो ।
नेता शर्माले सभामुखमा कांग्रेस उम्मेदवार ईश्वरीदेवी न्यौपाने उपयुक्त पात्र भएकाले सबै दलहरु मिलेर मत दिन पनि आग्रह गर्नुभयो ।