Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटनाका मृतकका परिवारसँग प्रधानमन्त्री प्रचण्डको भेट, दिए यस्तो आश्वासन

विमान दुर्घटनाका मृतकका परिवारसँग प्रधानमन्त्री प्रचण्डको भेट, दिए यस्तो आश्वासन

  • बिहिवार, माघ ५ २०७९

  • 253
    SHARES

  • विमान दुर्घटनाका मृतकका परिवारसँग प्रधानमन्त्री प्रचण्डको भेट, दिए यस्तो आश्वासन

    काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारलाई भेट्नुभएको छ ।

    आज बिहान महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले शव पहिचानको स्थितिबारे जानकारी लिंदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिनुभएको हो।

    साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गर्नुभयो।

    भेटका क्रममा प्रचण्डले परिवारप्रति समवेदना प्रकट गर्दै शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका निर्देशन दिएको बताउनुभयो ।


    बिहिवार, माघ ५ २०७९०१:०४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij