Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

उपप्रधानमन्त्री लिङ्देन र एनआरएनएका पदाधिकारीबीच भेट

उपप्रधानमन्त्री लिङ्देन र एनआरएनएका पदाधिकारीबीच भेट

  • बुधवार, माघ ४ २०७९

  • 273
    SHARES

  • उपप्रधानमन्त्री लिङ्देन र एनआरएनएका पदाधिकारीबीच भेट
    काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसँग गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरूले भेटवार्ता गर्नुभएको छ।
     
    बुधबार(आज) दिउँसो सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा पुगेर एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरूले भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा आफूहरूको मुद्दाबारे ज्ञापनपत्रमार्फत उपप्रधानमन्त्री लिङ्देनलाई जानकारी गराइएको अध्यक्ष थापाले बताउनुभयो।
     
    एनआरएनएले नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहे पनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ।
     
    आफूहरूको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरूसँगको भेटवार्ता पनि सुरु गरिएको एनआरएनएले जनाएको छ।


    बुधवार, माघ ४ २०७९०५:३२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij