Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नागरिकता मुद्दा सम्बोधन गछौं : गृहमन्त्री लामिछाने

नागरिकता मुद्दा सम्बोधन गछौं : गृहमन्त्री लामिछाने

  • बुधवार, माघ ४ २०७९

  • 301
    SHARES

  • नागरिकता मुद्दा सम्बोधन गछौं : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताउनुभएको छ ।

    आज सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अब गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृहमन्त्रालय सक्षम रहेको बताउनुभयो ।

    उहाँले विदेशमा भएका नेपालीको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको पनि बताउनुभयो। नेपालमा लगानीका लागि गैर आवासिय नेपालीहरुको कानुनी र व्यवहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उहाँले बताउनुभयो ।

    उहाँले नागरिकताका विषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पतीको हकको विषय पनि टुङ्गिने जिकिर गर्नुभयो ।


    बुधवार, माघ ४ २०७९०५:२७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij