काठमाडौँ । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। कांग्रेसले प्रतिनिधिसभाको सभामुखका लागि समानुपातिक सांसद न्यौपानेलाई उमेदवार बनाउने भएको हो ।
सहमहामन्त्री जीवन परियारले समानुपातिक सांसद न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको र न्यौपानेको नामलाई पार्टीको संसदीय दलको बैठकले अनुमोदन गर्ने जानकारी दिनुभयो।
संसदीय दलको बैठक केहीबेरमा पार्टीको संसदीय दलको कार्यालयमा बस्दैछ। बिहान पार्टीको पदाधिकारी बैठकले सभामुख पदमा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।