काठमाडौं । नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुख पदका लागी मनोनयन दर्ता गराउनुभएको छ । आज संघीय संसद सचिवालयमा उहाँले सभामुखमा मनोनयन दर्ता गराउनुभएको हो ।
उहाँको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहनुभएको छ ।
सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।