Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने

कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने

  • बुधवार, माघ ४ २०७९

  • 371
    SHARES

  • कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने

    काठमाडौं ।नेपाली कांग्रेसले पनि आज सभामुखमा उम्मेदवारी दिने भएको छ ।आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो। 

    कांग्रेसले उम्मेदवारको भने टुंगो लगाईसकेको छैन।प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर उमेद्वार तय गर्ने काँग्रेसको निर्णय भएको छ ।

    पदाधिकारी बैठकमा सहभागी एक नेताका अनुसार सभामुखमा उम्मेदवारी दिँदा उपसभामुख अर्को दलबाट हुने र महिला पुरुष मिलाउनुपर्ने भएकाले बिहान उमेदवारको टुंगो नलागेको हो ।

    उता सत्तारुढ गठबन्धनले एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान भने भोली हुनेछ ।


    बुधवार, माघ ४ २०७९१२:१३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij