काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनु भएको छ।मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा जम्कट्टेललाइ १०५ सांसदले विश्वासको मत दिएका छन्।
प्रदेश सभाका सभामुख भुवन पाठकले जम्मरकट्टेललाई विश्वासको मतको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको जानकारी दिनुभयो। ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित थिए।
जम्कट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत पनि प्राप्त गर्नुभएको छ भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले उहाँलाई विश्वासको मत दिएको छ।
पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन तर कांग्रेस कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।
प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले विपक्षमा मतदान गरेको छ। अब बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रुपमा रहेको छ ।