Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

जनतालाई सहज सेवा दिने मेरो पहिलो प्राथमिकता : डा. पौडेल

जनतालाई सहज सेवा दिने मेरो पहिलो प्राथमिकता : डा. पौडेल

  • मंगलवार, माघ ३ २०७९

  • 340
    SHARES

  • जनतालाई सहज सेवा दिने मेरो पहिलो प्राथमिकता : डा. पौडेल

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    राष्ट्रपतिसँग शपथग्रहण लगत्तै मन्त्रालयमा पुगेर पदभार सम्हालेकी पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताउनुभयो ।

    ‘जनतामा परराष्ट्र मन्त्रालयले पु¥याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने छ,’ उहाँले भन्नुभयो ।

    विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदुतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको पनि उहाँले बताउनुभयो ।


    मंगलवार, माघ ३ २०७९०२:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij