काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट थप ३ जना मन्त्री बनेका छन् । आज नियुत्त भएका नवनियुत्त मन्त्रीहरु मध्ये शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।
यसअघि राश्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनिसक्नुभएको छ । रास्वपाले प्रतिनिधिसभाको उपसभामुखमा दावी गरेको छ। जसमा उपसभामुख पाउन सक्ने सम्भावना प्रवल छ ।
सत्ता गठबन्धनमा मन्त्रालयको भागभण्डामा रास्वपालाई ३ मन्त्रीसहित १ राज्यमन्त्री भागमा परेको हो।