Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

शपथ लिएलगत्तै राप्रपाका मन्त्रीहरु पशुपतिनाथ मन्दिरमा

शपथ लिएलगत्तै राप्रपाका मन्त्रीहरु पशुपतिनाथ मन्दिरमा

  • मंगलवार, माघ ३ २०७९

  • 376
    SHARES

  • शपथ लिएलगत्तै राप्रपाका मन्त्रीहरु पशुपतिनाथ मन्दिरमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट बनेका नवनियुक्त मन्त्रीहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् ।

    उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन् ।

    पशुपति मन्दिर दर्शनपछि सिंहदरबारमा आआफ्ना मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।


    मंगलवार, माघ ३ २०७९०२:०४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij