काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री शुसीला श्रीपाली ठकुरी सपथ ग्रहणमा छुट्नुभएको छ ।
श्रीपाली गृह जिल्ला अर्घाखाँची रहेकाले उहाँको पद तथा गोपनीयताको शपथ छुटेको हो। राज्यमन्त्री बनेको खबर थाहा पाएर काठमाडौं आउँदै गरेको श्रीपालीले बताउनुभएको छ । श्रीपालीलाई माओवादी केन्द्रको तर्फबाट राज्यमन्त्री बनाईएको हो ।
२०६८ मा उनी दलित आयोगको सदस्य हुनुभएकी श्रीपाली माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत नेपाली सेनामा हुनुहुन्छ ।