Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नयाँ मन्त्रीले लिए शपथ, यी हुन् आज सपथ लिने मन्त्रीहरु

नयाँ मन्त्रीले लिए शपथ, यी हुन् आज सपथ लिने मन्त्रीहरु

  • मंगलवार, माघ ३ २०७९

  • 494
    SHARES

  • नयाँ मन्त्रीले लिए शपथ, यी हुन् आज सपथ लिने मन्त्रीहरु

    काठमाडौं । नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    राष्ट्रिय प्रजात्नत्र पार्टी राप्रपाबाट का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिनुभएको छ । सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान नियुक्त हुनुभएको छ भने राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बन्नुभएको छ ।

    माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री हुनुभएको छ । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसक्नुभएको छ ।

    यस्तै नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त हुनुभएको छ। पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्नुभएको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम, शिशिर खनाल शिक्षा मन्त्री, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको छ । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री बनिसक्नुभएकोछ ।


    मंगलवार, माघ ३ २०७९०१:२८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij