Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने, नयाँ मन्त्रीहरुको शपथ आजै

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने, नयाँ मन्त्रीहरुको शपथ आजै

  • मंगलवार, माघ ३ २०७९

  • 369
    SHARES

  • प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने, नयाँ मन्त्रीहरुको शपथ आजै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।

    सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताउनुभयो । उहाँका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।

    जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको माग सम्बोधन गर्नेबारे दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ ।

    शपथ पछि चार बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लागेका हुन् ।

     


    मंगलवार, माघ ३ २०७९०७:१६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij