Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images
सत्ता गठबन्धनको बैठक

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी

एमालेले ८,माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४, राप्रपाले ३, रास्वपाले ३, जनमत पार्टीले १ मन्त्री पाउने
  • सोमवार, माघ २ २०७९

  • 657
    SHARES

  • सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी

    काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार (आज) ५ बजेदेखि भएको छलफलपछि लगभग सहमति भएको छ ।

    सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा दलहरुले आ आफ्ना अडान लिँदा छलफल लम्बिएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ ।

    त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।

    स्रोतका अनुसार जसपाले २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन ।


    सोमवार, माघ २ २०७९१०:१३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij