Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रास्वपालाई गृहसहित ३ मन्त्री : यी हुन् रास्वपाले पाएका मन्त्रालय

रास्वपालाई गृहसहित ३ मन्त्री : यी हुन् रास्वपाले पाएका मन्त्रालय

  • सोमवार, माघ २ २०७९

  • 1.3K
    SHARES

  • रास्वपालाई गृहसहित ३ मन्त्री : यी हुन् रास्वपाले पाएका मन्त्रालय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने निश्चीत भएको छ। सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनिसक्नुभएको छ भने अब थप दुई जना मन्त्री हुनेछन् ।

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।

    उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ। रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भइसकेको छ। अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना छ । यसमा माओवादी केन्द्रको पनि दाबी गरिरहेको छ ।

    रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरेको थियो । सुरुमा तीन मन्त्री र एक राज्यमन्त्री दिन शीर्ष नेताहरु तयार देखिए पनि सरकारमा सहभागी हुने दलहरु बढेपछि एक राज्यमन्त्री घटेको छ ।


    सोमवार, माघ २ २०७९०३:५६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij