काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आजै पूर्णता पाउने बताउनुभएको छ । आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहानदेखी चलेको वार्तापछी उहाँले यस्तो बताउनुभएको हो ।
आज प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहान साढे ९ बजेदेखि सुरु भएको वार्ता वार्ता भर्खरै सकिएको छ ।आजको छलफलमा प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् विस्तार,सभामुख निर्वाचन र आगामी रणनीतिबारे छलफल भएको बालकोट स्रोतले जनाएको छ।
सभामुखबारे भने विश्वासको मत दिएका नेताहरुसँगको छलफलपछि मात्रै अघि बढ्ने निर्णय भएको छ । शक्ति सन्तुलन मिलाउन भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।