काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहानदेखी सुरु भएको भेटवार्ता अहिले पनि जारी छ।ओली निवास बालकोटमा सुरु भएको भेटवार्ता झन्डै ४ घण्टायता लगातार जारी छ ।
यस्तै ओली प्रचण्डको छलफलको क्रममा भरखरै एमाले उपाध्यक्ष समेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि बालकोट पुग्नुभएको स्रोतले जानकारी दिएको छ । भेटवार्ताकै क्रममा अर्थमन्त्री पौडेल पनि पुग्नुलाई विषेश अर्थपुर्ण र चासोका रुपमा लिइएको छ ।
सभामुख र राष्ट्रपतीको निर्वाचन मिति नजिकिएको र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट पुग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान मात्रै नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङसँग पनि भेट गर्नुभएको थियो । चिनियाँ राजदूतसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डको बालकोट यात्रालाई अर्थपूर्णरुपमा लिईएको छ। प्रधानमन्त्री प्रचण्डले खाना पनि बालकोटमै खानुभएको बताइएको छ।