Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा सभामुख छान्न आज तेस्रो पटक निर्वाचन हुँदै

सुदूरपश्चिममा सभामुख छान्न आज तेस्रो पटक निर्वाचन हुँदै

  • सोमवार, माघ २ २०७९

  • 316
    SHARES

  • सुदूरपश्चिममा सभामुख छान्न आज तेस्रो पटक निर्वाचन हुँदै
    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि लगातार दुई पटकको निर्वाचनले छनोट गर्न नसकेपछि तेस्रो पटक सोमबार(आज) निर्वाचन हुँदै छ । प्रदेश सभाको सभामुख छान्न आज बिहान ९ बजे निर्वाचन तोकिएको छ । 
     
    सभामुखमा सत्ता साझेदार दलबाट नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ । प्रतिपक्ष दलबाट नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । सभामुख छानिन ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात् २७ मत पाउनुपर्छ । सत्ता पक्षसँग २९ मत भए पनि पहिलो निर्वाचनमा एक मत बदर र दुई जना प्रदेश सभा सदस्य अनुपस्थित भएपछि सभामुखमा कोही छानिन सकेको थिएन । दोस्रो निर्वाचनमा सत्ता साझेदार दलकै नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेश सभा सदस्य तटस्थ बस्दा सभामुख चयन हुन सकेको थिएन । 
     
    सत्ता साझेदार दलको पक्षमा नेकपा (माओवादी केन्द्र) ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक गरेर २९ प्रदेश सभा सदस्य छन् । प्रतिपक्षसँग नेपाली कांग्रेका १९, नेकपा (एकीकृत समाजवादी)का चार र स्वतन्त्रका एक जना गरेर २४ जना छन् तर पहिलो पटक सभामुखको भूमिका रहेका कांग्रेसका शिवराज भट्टले मतदान नगर्दा रावलले २३ मत पाउनुभयो । 
     


    सोमवार, माघ २ २०७९०७:४८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij