Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री रवी लामिछाने माइतीघरमा : भन्छन्, दोषी कुनैपनि हालतमा फुत्किने छैन

गृहमन्त्री रवी लामिछाने माइतीघरमा : भन्छन्, दोषी कुनैपनि हालतमा फुत्किने छैन

  • शनिवार, पौष ३० २०७९

  • 291
    SHARES

  • गृहमन्त्री रवी लामिछाने माइतीघरमा : भन्छन्, दोषी कुनैपनि हालतमा फुत्किने छैन

    काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेट्नुभएको छ ।

    आज माइतीघरमा रुबी खानको नेतृत्वमा धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर गृहमन्त्री लामिछानेले धर्ना रोकेर घर फर्कन पनि आग्रहसमेत गर्नुभएको छ । निर्मला कुर्मीले न्याय नपाएपछि माइतीघरमा महिला अधिकारकर्मीहरूले लालटिन बालेर प्रदर्शन गरेपछि गृहमन्त्री लामिछानेले त्यहाँ आफे पुगेर पीडितहरूलाई भेट्नुभएको हो ।

    भेटमा यो मुद्दा जटिल बन्दै गएकाले अनुसन्धानमा केही समय भने लाग्नसक्ने बताउदै गृहमन्त्री लामिछानेले आफूले दोषीलाई कुनै हालतमा पनि कारबाही गर्ने बताउनुभयो ।पीडितहरूले धर्ना बसेर प्रदर्शन गरिदिँदा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै धर्ना स्थगित गरेर घर फर्किन पनि आग्रह गर्नुभयो । 

    उहाँले भन्नुभयो, 'अघिल्लो सरकारबाट भएका अनुसन्धानमा पनि केही त्रुटि भए होलान् । त्यसलाई पनि सच्याउनु पर्नेछ । मैले यो घटनालाई अति संवेदनशील रुपमा लिएको छु । यसमा संलग्न व्यक्तिहरूमाथि पनि कारबाही हुन्छ । तपाइँहरूलाई म विश्वस्त बनाउन चाहन्छु । तपाईँहरू यो चिसोमा यसरी दुख पाएर बस्दा मलाई पनि सहज लागिरहेको छैन । तपाईँहरू यसरी धर्ना नबसे पनि सरकारले गर्ने कारबाही गरिरहेको हुन्छ । त्यसैले यो चिसोमा नबसेर घरमा गइदिनुहोला । बरु सरकारले के सहयोग गर्नु पर्छ त्यसका लागि म तयार छु,' ।

    प्रदर्नकारीहरूको पक्षबाट रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको प्रतिक्रिया दिनुभएको छ ।


    शनिवार, पौष ३० २०७९०३:३१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij