काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज साँझ पुनः मतदान हुने भएको छ ।आज बिहान बसेको सर्बदलीय बैठकले आज साँझ आज साँझ ६ बजे पुनः मतदान गर्ने समय निर्धारण गरेको हो । गत बिहीबार भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान गर्न लागीएको हो ।
बुधबार सत्ता गठबन्धनबाट एमालेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बनेपनि त्यसकै भोलिपल्ट बिहीबार सभामुखमा भने गठबन्धनले बहुमत पुर्याउन सकेको थिएन ।
सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ ।५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ । बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत प्राप्त गर्दा कांग्रेस उमेदवार रावलले २३ मत पाउनु भएको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।