Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेश सभामुख चयनका लागि आज निर्वाचन हुँदै

गण्डकी प्रदेश सभामुख चयनका लागि आज निर्वाचन हुँदै

  • शनिवार, पौष ३० २०७९

  • 314
    SHARES

  • गण्डकी प्रदेश सभामुख चयनका लागि आज निर्वाचन हुँदै

    काठमाडौं । गण्डकी प्रदेशमा सभामुख चयनका लागि आज (शनिबार) निर्वाचन हुँदैछ। सभामुख चयनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

    सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन।

    सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ। यहाँ नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो। एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन्। गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ।

    ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।

     


    शनिवार, पौष ३० २०७९०७:४१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij