Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने

  • शुक्रवार, पौष २९ २०७९

  • 263
    SHARES

  • लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने

    काठमाडौं । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा माघ ३ गते दिउँसो एक बजे सभामुख र उपसभामुखका लागि मतदान हुने उल्लेख छ ।


    प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो ।

    त्यसअघि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको सभामुख र उपसभामुखका लागि उम्मेदवारी दर्ताको समय दिइएको छ ।
    माघ २ गते नै बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने सूचनामा उल्लेख छ ।


    शुक्रवार, पौष २९ २०७९१०:३८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij