Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रभु शाहको आजपा र माओवादी समाजवादीबीच पार्टी एकता हुने

प्रभु शाहको आजपा र माओवादी समाजवादीबीच पार्टी एकता हुने

  • बिहिवार, पौष २८ २०७९

  • 408
    SHARES

  • प्रभु शाहको आजपा र माओवादी समाजवादीबीच पार्टी एकता हुने

    काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी पार्टी) बीच एकता हुने भएको छ ।

    पूर्वमन्त्री समेत रहनुभएका प्रभु साहले केही हप्ता पहिले खोल्नुभएको आजपा र माओवादी समाजवादी एकताबद्ध हुने सहमति भएको आजपाका प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिनुभयो ।

    २ पार्टीको एकतापछि पार्टीको नाम भने आम जनता पार्टी नै रहने भएको छ । मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित हुनुभएका प्रभु साहले यही महिना आफ्नै नेतृत्वमा पार्टी गठन गर्नुभएको थियो ।


    बिहिवार, पौष २८ २०७९०४:३८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij