Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ को सभामुखमा गौतम निर्विरोध

प्रदेश १ को सभामुखमा गौतम निर्विरोध

  • बिहिवार, पौष २८ २०७९

  • 227
    SHARES

  • प्रदेश १ को सभामुखमा गौतम निर्विरोध

    काठमाडौं। प्रदेश १ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखको मनोनयनका क्रममा सत्ता गठबन्धनका तर्फबाट गौतमकोको मात्रै उम्मेदवारी परेको थियो।

    प्रतिपक्षी दल पाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले उम्मेदवार नउठाएपछि गौतम निर्विरोध निर्वाचित हुनुभएको हो ।सभामुख चयन गर्न आज प्रदेशसभा बैठक बसेको थियो ।

    आज बसेको बैठकबाट प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवारीका आधारमा गौतम सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो।

    उक्त घोषणासँगै उहाँ प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख निर्वाचित हुनुभएको छ । गौतम ओखलढुंगाको ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।


    बिहिवार, पौष २८ २०७९०३:०८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij