Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बागमतीको सभामुखमा त्रिपक्षीय भिडन्त हुँदै

बागमतीको सभामुखमा त्रिपक्षीय भिडन्त हुँदै

  • बिहिवार, पौष २८ २०७९

  • 349
    SHARES

  • बागमतीको सभामुखमा त्रिपक्षीय भिडन्त हुँदै

    काठमाडौं । बागमती प्रदेश सभाको सभामुखमा त्रिपक्षीय भिडन्त हुने भएको छ । सभामुखमा पदका वर्तमान सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले उम्मेदवार दिने पक्का भएको छ भने नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट सृजना सायजुले उम्मेदवारी दर्ता गरिसकेका छन् । जसअनुसार त्रिपक्षीय भिडन्त हुने पक्का भएका हो ।

    सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएपछी हिजो राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् ।

    आज केहिसमय अगाडी काँग्रेसका अधिकारीले प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थनमा उमेदवारी दर्ता गराउनुभएको छ। सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् ।


    बिहिवार, पौष २८ २०७९०१:३९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij