काठमाडौं। गृहमन्त्री रवी लामिछानेले वर्तमान सरकार पुराकार्यकाल चल्ने ठोकुवा गर्नुृभएको छ। चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री लामिछानेले अधिकांश दलको विश्वास पाएको सरकारले पूरा अवधि काम गर्ने दावी गर्नुभएको हो।
आफ्नो निर्वाचन क्षेत्र समेत रहेको चितवनमा पुग्नुभएका गृहमन्त्री लामिछानेले आदेश नभई कानुनको पालना गर्न पनि सुरक्षा अधिकारीलाई आग्रह गर्नुभयो। उहाँले सरकारको आयु विश्वासको मतले नै प्रष्ट पारेको बताउनुभयो।
यस्तै उहाँले फरक प्रसङ्गमा प्रहरीको फरार सूचीमा रहेका एमालेका सांसद लक्ष्मी महतो कोइरी संसदमा आफूले नदेखेको र आफूले थाहा पाएपछि तत्काल प्रहरीलाई पक्राउ गर्न भनेको प्रतिक्रिया दिनुभयो।