Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा सभामुख चयनका लागि आज मतदान हुँदै

सुदूरपश्चिममा सभामुख चयनका लागि आज मतदान हुँदै

  • बिहिवार, पौष २८ २०७९

  • 260
    SHARES

  • सुदूरपश्चिममा सभामुख चयनका लागि आज मतदान हुँदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदैछ । दिउँसो १ बजे मतदान गर्ने कार्यतालिका रहेको सुदूरपश्चिमको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्र बहादुर पालले जानकारी दिनुभयो ।

    प्रदेशको सभामुखमा माओवादीका भीमबहादुर भण्डारी र काँग्रेसका मानबहादुर रावलको उम्मेद्वारी परेको छ ।

    माओवादीका भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिँदा काँग्रेसका रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    प्रदेश सभा सचिवालयका प्रवक्ता पालका अनुसार उपसभामुखको लागि भने आउँदो सोमवार २ गते मतदान गर्ने तयारी भइरहेको छ ।


    बिहिवार, पौष २८ २०७९०८:५७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij