Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

माघीलाई देशव्यापी आन्दोलनका रुपमा मनाउने थारु समुदायको घोषणा

माघीलाई देशव्यापी आन्दोलनका रुपमा मनाउने थारु समुदायको घोषणा

  • बुधवार, पौष २७ २०७९

  • 455
    SHARES

  • माघीलाई देशव्यापी आन्दोलनका रुपमा मनाउने थारु समुदायको घोषणा

    काठमाडौं । थारु समूदायले यस वर्षको माघी पर्वलाई देशव्यापी आन्दोलनका रुपमा मनाउने भएको छ । थारु कल्याणकारिणी सभाको थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै थारु समुदाय आफ्नो हक अधिकारको लागि संघर्षरत रहेकाले यस वर्षको माघी पर्वलाई आन्दोलनकै रुपमा मनाउने जानकारी गराएको छ ।

    थारु कल्याणकारिणी सभाका सदस्य सचिव कानुलाल चौधरीले थरुहट आन्दोलनकर्मीसँग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन हुन नसकेको र टीकापुर आन्दोलनका क्रममा थरुहट राजबन्दीहरुलाई सुनियोजित रुपमा झुटा मुद्दा लगाएको फसाइएको भन्दै यस बर्षको माघी पर्वलाई काठमाडौं उपत्यकासहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने निर्णय भएको जानकारी दिनुभयो।

    माघी पर्वका अवसरमा माघ १ गते काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको र त्यो कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गर्ने आयोजकले बताएको छ । कार्यक्रमको दिन बिहान थारु संस्कृति,भेषभूषा बाजागाजासहित काठमाडौंको बसन्तपुरमा भेलाभई झाँकी र्‍याली प्रदर्श सहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।


    बुधवार, पौष २७ २०७९०४:३४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij