Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माओवादीले सुदूरपश्चिममा भीम भण्डारीलाई बनायो सभामुखका लागि उम्मेदवार

माओवादीले सुदूरपश्चिममा भीम भण्डारीलाई बनायो सभामुखका लागि उम्मेदवार

  • बुधवार, पौष २७ २०७९

  • 250
    SHARES

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उहाँले सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

    भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् । नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।

    नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ ।

    सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि मतदान हुने छ ।


    बुधवार, पौष २७ २०७९०२:५०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij