काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल पनि विपक्षी दल हुने बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरुलाई अनेरास्ववियूको बधाई तथा सम्मान गर्न आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालले चर्चा गरिए जस्तो विश्वासको मत दिएपछि सत्ताधारी हुने व्याख्यालाई आफूले पनि नबुझेको टिप्पणी गर्नुभयो ।
उहाँले २०५१ सालको सन्दर्भ अगाडि ल्याउदै त्यतिबेला पनि नेपाली कांग्रेसले आफूहरुको अल्पमतको सरकारलाई विश्वासको मत दिएको स्मरण गर्नुभयो ।
त्यतिबेला मनमोहन अधिकारीले अल्पमतको सरकारको नेतृत्व गरिसकेपछि २०५१ मा विश्वासको मत लिँदा नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो। तर प्रतिपक्षी भूमिका खेलेको थियो।