Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

म सजिलोसँग प्रधानमन्त्री बनेको होइन : प्रधानमन्त्री प्रचण्ड

म सजिलोसँग प्रधानमन्त्री बनेको होइन : प्रधानमन्त्री प्रचण्ड

  • बुधवार, पौष २७ २०७९

  • 321
    SHARES

  • म सजिलोसँग प्रधानमन्त्री बनेको होइन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सजिलैसँग प्रधानमन्त्री नबनेको बताउनुभएको छ ।आज वाईसियलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिक्रियावादीको घेराबन्दी तोडेर मात्रै आफू प्रधानमन्त्री बनेको बताउनुभएको हो ।

    उहाँले यो अवसरलाई त्यतिकै खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै यो पटक सरकार र पार्टी दुबै सफल हुने कुरा सिंगै राष्ट्र र इतिहासका लागि अविष्मरणी परिघटना हुने बताउनुभयो । त्यसका लागि सरकार र पार्टीलाई सबैको सहयोग आवश्यक रहेको समेत उहाँले बताउनुभएको छ ।

    प्रधानमन्त्री प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यसका लागी प्रचण्डले वाईसियल युवापंक्तिलाई आकांक्षसहित अगाडि बढ्न आग्रह गर्नुभएको छ ।


    बुधवार, पौष २७ २०७९०१:१७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij