Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने

प्रतिनिधिसभाको सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने

  • मंगलवार, पौष २६ २०७९

  • 521
    SHARES

  • प्रतिनिधिसभाको सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने

    काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख चयनको मिति घोषणा गर्नुभएको हो ।

    सभामुखको निर्वाचन कार्यतालिका भने माघ ३ गते प्रकाशित हुनेछ। मंगलबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँगै सभामुख चयनको मिति तोकिएको हो।

    प्रधानमन्त्री प्रचण्डले उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै विश्वासको मत नदिएका हुन्।


    मंगलवार, पौष २६ २०७९०५:३८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij