काठमाडौँ । स्वतन्त्र सांसद अमरेश सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा व्यक्त गरेका प्रतिबद्धताको ५० प्रतिशत काम मात्रै भए पनि आधुनिक इतिहासको स्वर्णकाल हुने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयको छलफलमा भाग लिँदै सांसद सिंहले सरकारको कार्यक्रम प्राथमिकता राम्रो भए पनि कार्यान्वयन कठिन रहेको बताउनुभयो ।
उहाँले सुशासन चाहने हो भने प्रधानमन्त्री, राष्ट्रपति निवास र प्रधानन्यायाधीश निवासमा सीसीटीभी राख्नु पर्ने बताउनुभयो ।